नियम ३७
मूल नियमावलीमा नियम ५९क. थप

मूल नियमावलीको नियम ५९ पछि देहायको नियम ५९क. थपिएको छ ः–

“५९क. प्रसूति स्याहार बिदा ः

(१) कुनै पुरुष निजामती कर्मचारीको पत्नी सुत्केरी हुने
भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउने छ ।
(२) प्रसूति स्याहार बिदामा बस्ने निजामती कर्मचारीले पूरा तलब पाउने छ ।
(३) प्रसूति स्याहार बिदा सेवा अवधिभर दुई पटक मात्र दिइनेछ ।
(४) प्रसूति स्याहार बिदा लिएको निजामती कर्मचारीले बिदा लिएको मितिले तीन
महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने निजामती
कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसूति स्याहार बिदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।”